
काठमाडौँ,असार १६, २०६७। अन्तरिक्ष विज्ञानको अध्ययन अनुसन्धानलाई अग्रता दिनको लागि नेपालमा दक्ष जनशक्तिको निर्माण गर्नु अतीव जरुरी रहेको तथ्यलाई वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले हृदयङ्गम गर्दै त्रि.वि. को सहयोगमा स्नातकोत्तर तहका लागि अन्तरिक्ष विज्ञानको पाठ्यक्रम तयार गरी त्यसलाई परिमार्जन गर्नका लागि १ दिवसीय गोष्ठीको आयोजना गर्यो। उक्त गोष्ठीमा भौतिकशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. लोक नारायण झा तथा प्रा.डा. उदयराज खनालले अन्तरिक्ष विज्ञान सम्बन्धी पाठ्यक्रम प्रस्तुत गर्नुभएको थियो। सो गोष्ठीमा अन्तरिक्ष विज्ञानसँग सम्बन्धित २० वटाभन्दा बढी संस्थाका ४० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको थियो। उक्त पाठ्यक्रमलाई सहभागिहरूको राय- सुझावलाई समेत समाविष्ट गरि परिमार्जित गरिएको थियो।