
काठमाडौँ, चैत्र १४-२०, २०६७। वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा अन्तरिक्ष विज्ञान, खगोल विज्ञान तथा खगोल-भौतिक विज्ञान विषयक ७ दिवसीय नवौँ राष्ट्रिय स्कुलको आयोजना गरिएको थियो। उक्त स्कुलमा ४० भन्दा बढी कलेजका उच्च माध्यमिक, स्नातक तथा स्नातकोत्तर तह गरि करिब १२० जना शिक्षक एवम् विद्यार्थीहरूको सहभागिता रहेको थियो। उक्त स्कुलमा श्रोत व्यक्तिहरूका रुपमा प्रा.डा. उदयराज खनाल, प्रा.डा. मुकुन्द मणि अर्याल, डा. विनिल अर्याल, डा. राजु खनाल, डा. सनत कुमार शर्मा, कमल घिमिरे र राजेश कुमार बच्चन रहनुभएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. रामहरि अर्यालज्यू रहनुभएको थियो। वहाँले मन्तव्य दिने क्रममा निरन्तर रुपमा भइरहेका यस्ता प्रकारको स्कुलको आयोजनाबाट विश्वमा भएको खगोल विज्ञान सम्बन्धी आधुनिक ज्ञानलाई निरन्तर रुपमा जनमानसमा प्रवाह भइरहने र यसबाट शिक्षक एवम् विद्यार्थीहरू लाभान्वित भइरहने कुरा व्यक्त गर्नुभएको थियो।