
भक्तपुर, असार १५, २०६६। खगोल वर्ष २००९ को उपलक्ष्यमा वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले प्रभात इ.उ.मा.वि. भक्तपुरमा खगोल विज्ञान एवम् खगोल-भौतिक विज्ञान सम्बन्धी १ दिवसीय गोष्ठी आयोजना गरिएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि प्रभात इ.उ.मा.वि. का संचालक समितिका अध्यक्ष श्री प्रेम सुवालज्यू रहनुभएको थियो। सो गोष्ठीमा १५० जना भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। उक्त गोष्ठीमा श्रोत व्यक्तिहरूका रुपमा सनत कुमार शर्मा, प्रा.डा. उदयराज खनाल, डा. राजु खनाल र प्रेमराज ढुंगेल रहनुभएको थियो। सो गोष्ठीमा सहभागी विद्यार्थी तथा शिक्षकहरूलाई सूर्य तथा सौर्यमण्डल, आकाशीय नक्साहरू तथा दूरदर्शक यन्त्र जस्ता विषयको बारेमा विस्तृत जानकारी गराइएको थियो।