
काठमाडौँ, असार १८, २०६६।वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल वर्ष २००९ को उपलक्ष्यमा पद्मकन्या उ.मा.वि. डिल्लीबजारमा खगोल विज्ञान एवम् खगोल-भौतिक विज्ञान सम्बन्धी १ दिवसीय गोष्ठी आयोजना गरिएको थियो। उक्त गोष्ठीमा श्रोत व्यक्तिहरूका रुपमा सनत कुमार शर्मा, प्रा.डा. उदयराज खनाल, डा. राजु खनाल र प्रेमराज ढुंगेल रहनुभएको थियो। सो गोष्ठीमा सहभागी विद्यार्थी तथा शिक्षकहरूलाई सूर्य तथा सौर्यमण्डल, आकाशीय नक्साहरू तथा दूरदर्शक यन्त्र जस्ता विषयको बारेमा विस्तृत जानकारी गराइएको थियो।