
काठमाडौँ, जेष्ठ १४ -१६, २०७६।वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल विज्ञान तथा अन्तरिक्ष विज्ञान विषयक अन्तर्राष्ट्रिय स्तरको ३ दिवसीय स्कुलको आयोजना गरिएको थियो। उक्त स्कुलमा ४० भन्दा बढी उ.मा.वि. , स्नातक तथा स्नातकोत्तर तह गरि करिब १२० जना शिक्षक एवम् विद्यार्थीहरूको सहभागिता रहेको थियो। उक्त स्कुलमा विज्ञहरूद्वारा Space System and Radio wave communication, Over view of Galaxy Formation, Cosmology-Friedmann Model, Overview of Satellite Communication, Practical Methodology, Dynamics of Ionosphere, An Introduction to Solar System, CMB Perturbation, SKY Maps, Imaging of Black hole, Distance Measurement-Tutorial , Dirac Delta Faction & Orthogonal Basis, Plasma, Stellar Astrophysics, Geomagnetism- An Overview, Particle physics जस्ता विषयहरूमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू संचालन गरिएको थियो। उक्त स्कुलमा श्रोत विशेषज्ञहरूका रुपमा डा. एन.पी. चापागाईं, आर.के. बच्चन, प्रा.डा. उदयराज खनाल, निरोज बज्राचार्य, डा. एच.पी. लामिछाने, प्रा.डा. राजु खनाल, डा. पी. ढुङ्गेल, डा. सनत कुमार शर्मा र डी. पण्डित हुनुहुन्थ्यो। सो स्कुलको समुद्घाटन समारोहका प्रमुख अतिथिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री गिरिराजमणि पोखरेलज्यू रहनु भएको थियो। मन्तव्य दिने क्रममा माननीय मन्त्रीज्यूले रूढीवादीबाट आक्रान्त हाम्रो जस्तो राष्ट्रमा ज्ञान तथा प्रविधिको सार्थक ज्ञानलाई जनमानसमा प्रवाहित नगरेसम्म विकासले मूर्तरूप लिन नसकिने र यस प्रकारका कार्यक्रमहरूबाट जनमानसमा यसको आधुनिक ज्ञानलाई प्रवाहित गर्न आवश्यक रहेको तथा विद्यार्थी वर्गहरूमा यस क्षेत्र प्रति अभिरूची जगाई उनीहरूलाई यस क्षेत्रमा कार्यरत रहने हौसला दिन पनि त्यत्तिकै आवश्यक रहेको कुरा व्यक्त गर्नुभएको थियो।