
पाल्पा, कार्तिक २९- मंगसिर १, २०७६।वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा जनता मा.वि., तानसेन, पाल्पामा खगोल विज्ञान तथा अन्तरिक्ष विज्ञान सम्बन्धी ३ दिवसीय स्कुलको आयोजना गरिएको थियो। उक्त स्कुलमा विज्ञहरूद्वारा Observation Technique, Experimental Technique, Large Scale Structure, Star formation, Experimental Techniques, Low atmospheric phenomenal, Sky map, Space Weather Over view, An introduction to planetary system जस्ता विषयहरूमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू संचालन गरिएको थियो साथै सहभागि विद्यार्थीहरूलाई रात्रीमा टेलिस्कोपको सहायताबाट शुक्र ,बृहस्पति तथा चन्द्रमाजस्ता आकाशीय पिण्डहरूको अवलोकन गराइएको थियो। पाल्पाका विभिन्न विद्यालय तथा कलेजबाट करिब १०० जना भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको सो स्कुलमा श्रोत विशेषज्ञहरूका रुपमा डा. सनत कुमार शर्मा, डा. एच.पी. लामिछाने, डा. पी. ढुङ्गेल, सरोज राज शाही, प्रा.डा. आर.पी. रेग्मी र डी. पण्डित हुनुहुन्थ्यो।