
महोत्तरी, माघ ३-५, २०७६। वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा जनता उ.मा.वि., बर्दिबास, महोत्तरीमा खगोल विज्ञान तथा अन्तरिक्ष विज्ञान सम्बन्धी ३ दिवसीय स्कुलको आयोजना गरिएको थियो। उक्त स्कुलमा विज्ञहरूद्वारा Observation Technique, Large Scale Structure, Star formation, Experimental Techniques with reference to astronomy, Stellar Astrophysics, Atmospheric Lighting, Evolution of galaxy, Introduction to telescope Planetary system जस्ता विषयहरूमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू संचालन गरिएको थियो। सो स्कुलमा श्रोत विशेषज्ञहरूका रुपमा डा. सनत कुमार शर्मा, डा. पी.आर. ढुङ्गेल, डा. एच.पी. लामिछाने, आर.के. बच्चन र डा. श्री राम शर्मा हुनुहुन्थ्यो। सो स्कुलको समुद्घाटन समारोहका प्रमुख अतिथिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री गिरिराजमणि पोखरेलज्यू रहनु भएको थियो। मन्तव्य दिने क्रममा सम्माननीय मन्त्रीज्यूले यस क्षेत्रमा नेपालमा उल्लेखनीय रूपमा उपलब्धीहरू हासिल हुन नसकेको परिप्रेक्ष्यमा यस प्रकारको कार्यक्रमको आयोजनाले विद्यार्थी, शिक्षक एवम् जनमानसमा यस क्षेत्रमा भए गरेका आधुनिक ज्ञानको प्रवाह निरन्तर रूपमा भईरहने तथा यस क्षेत्रको विकासमा विशेष सहयोग पुग्ने कुरा व्यक्त गर्नुभएको थियो।