
काठमाडौँ, मंसिर ४-६, २०७४। वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल विज्ञान तथा अन्तरिक्ष विज्ञान विषयक राष्ट्रिय स्तरको ३ दिवसीय स्कुलको आयोजना गरिएको थियो। उक्त स्कुलमा ४० भन्दा बढी उ.मा.वि. , स्नातक तथा स्नातकोत्तर तह गरि करिब १२० जना शिक्षक एवम् विद्यार्थीहरूको सहभागिता रहेको थियो। उक्त स्कुलमा विज्ञहरूद्वारा Review of Sun and Solar System, Cosmic Rays, Review of Earth System, The Origin, History, Evolution & Future of the Universe, Knowing Yourself and Champion Mindset, Space System, GPS & Radio wave Communication, Origin of Life and Astrobiology , Study of Far Solar System & Exoplanets, Looking at the Sky with Modern Telescope जस्ता विषयहरूमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू संचालन गरिएको थियो। उक्त स्कुलमा श्रोत विशेषज्ञहरूका रुपमा प्रा.डा. उदयराज खनाल, बि. भट्टराई, डा. बि. अधिकारी, प्रा.डा. बि. अर्याल, ए.बि. चन्द, जे. निरौला, डा. एन.पी. चापागाईं, प्रा.डा. एन.बि. सिंह, प्रा.डा. आर. खनाल, डा. भी.के. झा र आर.के. बच्चन रहनु भएको थियो।