
काठमाडौँ, जेठ ३१-असार ३, २०७३। वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल विज्ञान तथा अन्तरिक्ष विज्ञान विषयक राष्ट्रिय स्तरको ५ दिवसीय स्कुलको आयोजना गरिएको थियो। उक्त स्कुलमा ४० भन्दा बढी उ.मा.वि. , स्नातक तथा स्नातकोत्तर तह गरि करिब १२० जना शिक्षक एवम् विद्यार्थीहरूको सहभागिता रहेको थियो। उक्त स्कुलमा विज्ञहरूद्वारा Solar System, Planets & Exo-solar planets, Early Universe & Inflation, Nuclear Synthesis, Recent Development in Remote Sensing, Astrophysical Plasma, Plasma : 4th state matter, Stellar Evolution, Nuclear Synthesis, Large Scale Structures & Their Evolution, Effect of Geomagnetic Disturbances, Rockets & Satellite Science and Space Missions, Space Application for Nepal, Observational Tools and Techniques (Observation of Night Sky At Nagarkot), Gravitational Radiation, Low Latitude Effect of Magnetic Storm जस्ता विषयहरूमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू संचालन गरिएको थियो। उक्त स्कुलमा श्रोत विशेषज्ञहरूका रुपमा प्रा.डा. उदयराज खनाल, प्रा.डा. एम.एम. अर्याल, डा. भी.के. झा, डा. सनत कुमार शर्मा, प्रा.डा. आर. खनाल, प्रा.डा. एल.एन. झा, प्रा.डा. यु. खनाल, पी. ढुङ्गेल, डा. बि. अधिकारी, प्रा.डा. एस.के. लामिछाने र इ. बि. प्रधान रहनु भएको थियो। सो स्कुलको समुद्घाटन समारोहका प्रमुख अतिथि सम्माननीय प्रधान मन्त्री के.पी. शर्मा ओलीज्यू रहनु भएको थियो। मन्तव्य दिने क्रममा सम्माननीय प्रधान मन्त्रीज्यूले मानव सभ्यताले ईश्वरीय रुपमा पुजीने चन्द्रमामा आफ्नो चरण स्पर्श प्रदान गरिसकेको परिप्रेक्ष्यमा राष्ट्रमा वैज्ञानिक विधि, संस्कार तथा चिन्तनको प्रार्दुभाव गरेर नेपाल जस्तो रूढीवादबाट आक्रान्त राष्ट्रमा तार्किक एवम् क्रियाशील समाजको सृजना गर्नका निमित्त खगोल एवम् अन्तरिक्ष विज्ञानमा निरन्तर रूपमा अध्ययन अनुसन्धान हुन जरूरी रहेको कुरा व्यक्त गर्नुभएको थियो।