
जेठ १५, २०७६। वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा आयोजित खगोल विज्ञान तथा अन्तरिक्ष विज्ञान विषयक ३ दिवसीय राष्ट्रिय स्कुलमा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिने उद्धेश्य अनुरुप सहभागि विद्यार्थीहरूलाई नगरकोटस्थित राष्ट्रिय बेधशालाको भ्रमण गराई आकाशीय पिण्डहरूको अवलोकन गराइएको थियो। सो कार्यक्रममा सहभागि विद्यार्थीहरूलाई विभिन्न निकटविर्ति ताराहरू, शुक्र ,बृहस्पति तथा चन्द्रमा जस्ता आकाशीय पिण्डहरूको अवलोकन गराइएको थियो।