
काठमाडौँ, असोज १५-२४, २०६९।वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल विज्ञान तथा अन्तरिक्ष विज्ञान विषयक अन्तर्राष्ट्रिय स्तरको १० दिवसीय स्कुलको आयोजना गरिएको थियो। सो स्कुलको समुद्घाटन समारोहका प्रमुख अतिथि वातावरण, विज्ञान, तथा प्रविधि मन्त्री केशवमान शाक्यज्यू हुनुहुन्थ्यो। उक्त स्कुलमा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त गरेका स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा Observational Tools And Techniques; New Vision Of Our Solar System; Formation Of Stars, Planets And Exo-Solar Planets; Stellar Structures And Their Evolution; Plasma; Large Scale Structures And Their Evolution; Early Universe And Inflation; Dark Matter, Dark Energy And Accelerating Expansion; Nucleo Synthesis; High Energy Astro Physics; Virtual Observatory; Study of Earth (Surface, Hydro Climate); Geology, Meteorology And Hydrology; Resource Management, Forestry, Mines, Agriculture, Water; Natural Hazard Prediction And Mitigation; Glacier Lake Outburst; Earthquake, Flood, Landslide, Forest Fire; Space Mission And Technology(Brief history of global space missions, propulsion, aerodynamics, navigation, guidance and control, launching technology, orbital mechanics and spacecraft orbits); Spacecraft systems(Space craft power system, attitude control, station keeping, thermal control, telemetry tracking and command system, transponders); Satellite communication: International satellite communication system(INTELSAT); Atlantic ocean region (AOR); Pacific ocean regioin (POR); and the Indian ocean region (IOR),Transoceanic telecommunication route, Vista for telephony and inelnet for data interchange, Domestic satellite system (DOMSAT), Voice data and video transmission, Search and rescue system (SARSAT) जस्ता विषयहरूमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू संचालन गरिएको थियो। उक्त स्कुलमा श्रोत विशेषज्ञहरूका रुपमा प्रा.डा. उदयराज खनाल, भौतिकशास्त्र केन्द्रीय विभाग, त्रि.वि.; प्रा.डा. एल.एन. झा, प्रमुख, भौतिकशास्त्र केन्द्रीय विभाग, त्रि.वि.; प्रेम राज ढुङ्गेल, त्रि.वि.; राजु खनाल, सह- प्रा., त्रि.वि.; आर.के. शर्मा, सभापति, नेपाल रिमोट सेन्सिङ्ग एण्ड फोटो ग्रामेट्रीक सोसाइटी; बिरेन्द्र प्रसाद प्रधान, प्रबन्धक, स्याटालाइट सर्भिस, नेपाल टेलीकम; रविन्द्र मानन्धर, वरिष्ठ इन्जिनियर, सगरमाथा अर्थ स्टेशन, नेपाल टेलीकम; डा. सनत कुमार शर्मा, सह-कार्यकारी निर्देशक, वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति; सरोज राज शाही, बेधशाला व्यवस्थापक, वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति; विजय कुमार पोखरेल, वरिष्ठ हाइड्रोलोजिस्ट, जल तथा मौसम विज्ञान विभाग; बसन्त देवकोटा, उप-प्राध्यापक, थापाथली इन्जिनियरिङ्ग क्याम्पस त्यस्तै भारतबाट आउनु भएका विशेषज्ञहरूमा प्रा.डा. अजित क्यम्भावी, निर्देशक, Inter-University Centre for Astronomy and Astro-Physics (IUCAA); डा. यु.सी. जोशी, फिजिकल रिसर्च ल्याबोरेटरी, अहमदावाद; प्रा.डा. आर.एन. मिश्रा, फिजिकल रिसर्च ल्याबोरेटरी, अहमदावाद; प्रा.डा. डि.बी. सुबेदार, फिजिकल रिसर्च ल्याबोरेटरी, अहमदावाद; प्रा.डा. एस.एस. बालदिया रहनु भएको थियो र जापानबाट आउनुभएका विशेषज्ञ प्रा.डा. नोरियो कैफु, President, International Astronomical Union तथा Director, National Astronomical Observatory Japan हुनुहुन्थ्यो। उक्त स्कुलमा ४० भन्दा बढी उ.मा.वि. तथा स्नातक तहका विद्यार्थी तथा प्राध्यापक एवम् विभिन्न संस्था तथा निकायका विशेषज्ञहरू समेत कुल १२० जना भन्दा बढीको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको समुद्घाटन समारोहको प्रमुख अतिथिको रुपमा माननीय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री डा. केशव मान शाक्यज्यू रहनु भएको थियो। सो स्कुलको समुद्घाटन समारोहमा बोल्दै माननीय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री डा. केशव मान शाक्यज्यूले आजको विश्वमा खगोल विज्ञान एक अतीव महत्वपुर्ण विषय भएको र यस क्षेत्रको निरन्तर रुपमा गरिने अध्ययन अनुसन्धानबाट मात्र राष्ट्र विकासले मुर्तरुप लिने र यसका लागि युवा वर्ग यस क्षेत्रको अध्ययन अनुसन्धानमा निरन्तर रुपमा लाग्नु पर्ने औंल्याउनु भएको थियो।