
पोखरा, जेठ २८-२९, २०६६।खगोल वर्ष २००९ को उपलक्ष्यमा वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, काठमाडौँ र पृथ्वी नारायण क्याम्पस, पोखराको संयुक्त आयोजनामा खगोल एवम् खगोल-भौतिक विज्ञान सम्बन्धी ४ दिवसीय स्कुल पोखरामा सम्पन्न गरिएको थियो। उक्त कार्यक्रममा विभिन्न क्याम्पसका ८० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। उक्त स्कुलमा श्रोत व्यक्तिहरूका रुपमा प्रा.डा. उदयराज खनाल, सनत कुमार शर्मा र सरोज राज शाही रहनुभएको थियो। सो कार्यक्रमको प्रमुख अतिथि पृथ्वी नारायण क्याम्पसका प्रमुख गेहेन्द्रेश्वर कोइराला रहनुभएको थियो।