
झापा, माघ २५-२९, २०६७।वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति र मेची बहुमुखी क्याम्पस भद्रपुर, झापाको संयुक्त आयोजनामा खगोल विज्ञान तथा खगोल-भौतिक विज्ञान विषयक ५ दिवसीय तेस्रो क्षेत्रीय स्कुलको सम्पन्न गरिएको थियो। सो स्कुलको प्रमुख अतिथिको रुपमा वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका सह-कार्यकारी निर्देशक डा. सनत कुमार शर्मा रहनु भएको थियो। उक्त स्कुलमा उच्च माध्यमिक विद्यालय, स्नातक र स्नातकोत्तर गरि १२० जना शिक्षक एवम् विद्यार्थीहरूको सहभागिता रहेको थियो। उक्त स्कुलमा श्रोत व्यक्तिहरूका रुपमा प्रा.डा. उदयराज खनाल, डा. सनत कुमार शर्मा, राजेश कुमार बच्चन र सरोज राज शाही रहनुभएको थियो। सो स्कुलको प्रमुख अतिथि तथा वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका सह-कार्यकारी निर्देशक डा. सनत कुमार शर्माले खगोल विज्ञान तथा खगोल भौतिक विज्ञान आजको युगमा एक महत्वपुर्ण विज्ञानको विधाको रुपमा रहेकोले यस क्षेत्रमा भए गरेका अध्ययन अनुसन्धान एवम् नवीनतम् ज्ञानहरू विद्यार्थी वर्गमा प्रवाह गर्नको लागि यस प्रकारका कार्यक्रमहरू अतीव आवश्यक भएकोले यस्ता कार्यक्रमहरू देशका विभिन्न ठाउँहरूमा निरन्तररुपमा संचालन गरिरहेको जानकारी गराउनु भएको थियो।