
मंगसिर १ र २, २०६६। वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, अमेरिकी अन्तरिक्ष एजेन्सी नासा तथा पेरिस अब्जरभेटरीको संयुक्त तत्वावधानमा नगरकोट स्थित राष्ट्रिय बेधशालाबाट टेलिस्कोप तथा अन्य रात्री गोचर क्यामेरा लगाएतका यन्त्रहरू प्रयोग गरी नेपालमा प्रथम पटक “Leonid Meteor Shower” (उल्का वृष्टि) को अध्ययन गरियो । उक्त अध्ययनमा सेति इन्स्टिच्युट नासाको प्रमुख अनुसन्धानकर्ता डा. पिटर जेनिस्केन्स, पेरिस अब्जरभेटरी फ्रान्सका खगोलविद् डा. जेरिभी भौबेलन र डा. फेडरिक बेचिटरको सहभागिता रहेको थियो भने वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको तर्फबाट यस समितिका सह-कार्यकारी निर्देशक सनत कुमार शर्मा, डा. उदयराज खनालको र सरोज राज शाहीको सहभागिता रहेको थियो ।