
काठमाडौँ, चैत्र २०-२९, २०६८।वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल विज्ञान, खगोल भौतिक विज्ञान तथा अन्तरिक्ष विज्ञानका सम्बन्धमा भएका अध्ययन अनुसन्धानहरूलाई विद्यार्थी एवम् शिक्षक वर्गहरूलाई जानकारी गराउने उद्धेश्य स्वरुप राष्ट्रियस्तरको १० दिवसीय स्कुलको आयोजना गरिएको थियो। उक्त स्कुलमा उ.मा.वि. तथा स्नातक तहका शिक्षक, विद्यार्थी, र विभिन्न संस्था तथा निकायका विशेषज्ञहरू समेत कुल १२० जना भन्दा बढीको सहभागिता रहेको थियो। १० दिनसम्म संचालित सो स्कुलमा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त गरेका स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा Stellar Evolution; Early universe and inflation; Astro-particle physics; Large scale structures and their evolution; Astrophysical plasma; Solar system, Interstellar and intergalactic medium; Observational tools and techniques; Study of the earth (surface, hydro, climate); Geology, meteorology and hydrology; Resource management, forestry, mines, agriculture, water; Natural hazard prediction and mitigation; Glacier lake outburst, earthquake, flood, landslide, forest-fire; Space technology; Space environment and its effect on materials, rockets; Satellite and space missions; Application of Satellites in telecommunication and broadcasting जस्ता विषयहरूमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरू संचालन गरिएको थियो। उक्त स्कुलमा श्रोत व्यक्तिहरूका रुपमा प्रा.डा. उदयराज खनाल, त्रि.वि.; प्रेम राज ढुंगेल, त्रि.वि. ; सह- प्रा. राजु खनाल, त्रि.वि. ; आर.के. शर्मा, सभापति, नेपाल रिमोट सेन्सिङ्ग एण्ड फोटो ग्रामेट्रीक सोसाइटी; डा. डि.बि. प्रधान, प्रबन्धक, स्याटालाइट सर्भिस डिरेकटोरेट, नेपाल टेलीकम; डि.सि. यादव, सगरमाथा अर्थ स्टेशन, नेपाल टेलीकम; डा. सनत कुमार शर्मा, सह-कार्यकारी निर्देशक, वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति; त्यस्तै भारतबाट आउनु भएका विशेषज्ञहरूमा प्रा.डा. यु.सी. जोशी, फिजिकल रिसर्च ल्याबोरेटरी, अहमदावाद; प्रा. आर. रमेश, प्रोजेक्ट डिरेक्टर, फिजिकल रिसर्च ल्याबोरेटरी, अहमदावाद; डा. एस. सिंह, कोर्स डिरेक्टर, सि.एस.एस.टी.इ.ए.पी; प्रा. आर.एन. मिश्रा, फिजिकल रिसर्च ल्याबोरेटरी, अहमदावाद, रहनु भएका थिए। सो स्कुलको प्रमुख अतिथि विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री श्रीमती कल्पना धमलाज्यू रहनु भएको थियो। उक्त स्कुलको उद्घाटन समारोहमा बोल्दै माननीय मन्त्री कल्पना धमलाज्यूले नेपालमा अन्तरिक्ष विज्ञानको क्षेत्रमा राष्ट्रिय क्षमता अभिवृद्धिको त्यति प्रयास नभएको अवस्थामा यस प्रकारको कार्यक्रमको आयोजनाले कर्मचारी, विद्यार्थी , शिक्षक एवम् जनमानसमा यस क्षेत्रमा भए गरेका आधुनिक ज्ञानको प्रवाह निरन्तर रुपमा भइरहने र यस क्षेत्रको विकासमा विशेष सहयोग पुग्ने कुरा व्यक्त गर्नुभएको थियो। मन्तव्य दिने क्रममा वहाँले एउटा राष्ट्रको विकासको पूर्वाधार नै दक्ष जनशक्ति हो तसर्थ विज्ञान तथा प्रविधिको सार्थक प्रयोगद्वारा राष्ट्रलाई सम्वृद्धितिर अग्रसर गरउनु छ भने साइन्स क्याडर तयार गर्न आवश्यक हुने कुरा व्यक्त गर्दै वहाँले उच्च शिक्षामा आवद्ध शिक्षक एवम् विद्यार्थीहरूमा विश्वमा भएका नवीनतम् ज्ञानलाई प्रवाह गर्न यस प्रकारका कार्यक्रमहरू अती आवश्यक रहेको कुरा प्रकट गर्नुभएको थियो।