
असार २१, २०६५। युवा वैज्ञानिकहरूमा खगोल विज्ञान एवम् खगोल-भौतिक विज्ञानको विषयमा ज्ञान प्रवाह गरेर उनीहरूमा खगोल विज्ञान एवम् खगोल-भौतिक विज्ञानको अध्ययन-अनुसन्धानमा अभिप्रेरणा दिने उद्धेश्य अनुरुप यस समितिले भौतिकशास्त्र केन्द्रिय विभागक, स्नातकोत्तर तह, प्रथम बर्षमा अध्ययनरत ७० जना विद्यार्थीहरूलाई नगरकोटस्थित राष्ट्रिय बेधशालाको भ्रमण गराई त्यहाँ जडित टेलिस्कोपको प्रयोग, यसबाट आकाशीय पिण्डहरूको अनुसन्धान गर्न सकिने सम्भावनाहरू र प्रत्यक्ष अवलोकन गर्न सकिने खगोलीय घटनाहरूको बारेमा जानकारी गराइएको थियो।