
पौष ६, २०६८। वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा नगरकोटमा स्थापित राष्ट्रिय बेधशालाको सम्बन्धमा जानकारी एवम् कार्य प्रगतिको मुल्याङ्कन गर्न माननीय विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाज्यूले निरिक्षण भ्रमण गर्नुभएको थियो। उक्त अवसरमा माननीय मन्त्रीज्यूले रात्रीमा बृहस्पति ग्रह तथा त्यसका चन्द्रमाहरूका साथै अन्य आकाशीय पिण्डहरूको अवलोकन गर्नु भएको थियो। सो अवसरमा सह- कार्यकारी निर्देशक सनत कुमार शर्माले माननीय मन्त्रीज्यूलाई विभिन्न आकाशीय पिण्डहरूको विषयमा जानकारी गराउनु भएको थियो।