
मङ्सिर १८, २०६७। वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा नगरकोटमा स्थापित राष्ट्रिय बेधशालाको सम्बन्धमा जानकारी एवम् कार्य प्रगतिको मुल्याङ्कन गर्न मुख्य सचिव श्री माधव प्रसाद घिमिरेज्यू, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री रामहरि अर्यालज्यू तथा सामान्य प्रशासन मन्त्रालयका सचिव श्री बालनन्द पौडेलज्यूले निरिक्षण भ्रमण गर्नुभएको थियो। उक्त अवसरमा मुख्य सचिवज्यू तथा सचिवज्यूहरूलाई सह-कार्यकारी निर्देशक सनत कुमार शर्माले प्रत्यक्षरुपमा आकाशीय पिण्डहरूको अवलोकन तथा जानकारी गराउनु भएको थियो।