
मङ्सिर ९, २०६८। वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा नगरकोटमा स्थापित राष्ट्रिय बेधशालाको सम्बन्धमा जानकारी एवम् कार्य प्रगतिको मुल्याङ्कन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव श्री लिलामणी पौडेलज्यु, प्रधानमन्त्री तथा मन्त्री परिषद्का सचिव श्री सोमलाल सुवेदीज्यू, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव श्री भगवति कुमार काफ्लेज्यू तथा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री ताना गौतमज्यूले निरिक्षण भ्रमण गर्नुभएको थियो। वहाँहरूले बेधशालामा भइरहेका अध्ययन अनुसन्धानको विषयमा जानकारी प्राप्त गर्नुभएको थियो। सह- कार्यकारी निर्देशक सनत कुमार शर्माज्यूले वहाँहरूलाई विभिन्न आकाशीय पिण्डहरूको विषयमा जानकारी गराउनु भएको थियो। रात्रीमा बृहस्पति लगायतका सौर्यमण्डलका आकाशीय पिण्डहरू समेतको वहाँहरूले अवलोकन गर्नुभएको थियो।