
काठमाडौँ, पुष ४, २०६८। युरी गागरिनको बाहिरी अन्तरिक्षको यात्राको पचासौँ वर्षको उपलक्ष्यमा वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको एक दिवसीय गोष्ठीको आयोजना गरिएको थियो। उक्त गोष्ठीमा मुख्य श्रोत व्यक्तिको रुपमा बेइजिङ्ग प्लानेटेरियमका निर्देशक डा. जिन ज्हू रहनुभएको थियो।