
काठमाडौँ, जेठ ३२- असार ६, २०६९।वैज्ञानिक तथा पत्रकारहरू बीचको आपसी समन्वयबाट विज्ञान तथा प्रविधिको क्षेत्रमा प्राप्त उल्लेख्य उपलब्धिहरूलाई जनमानसमा सरल एवम् सहज ढङ्गबाट प्रवाहित गरि जनमानसमा वैज्ञानिक चेतना एवम् संस्कार विकास गर्ने उद्धेश्य अनुरुप वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा विज्ञान पत्रकारिता तथा विज्ञान लेखन विषयक ७ दिवसीय कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो। उक्त कार्यशाला गोष्ठी एवम् तालिममा देशको विभिन्न भागबाट आएका संचारकर्मीहरू, पत्रकारहरू तथा पत्रकारिताका विद्यार्थीहरू समेत गरी कूल ११० जनाको सहभागिता रहेको थियो भने गोष्ठीमा Science Communication: concept, challenges and emerging paradigms, Disseminating Scientific knowledge to the people: role of visuals and scientoons; Techniques of Science Writing/ journalism; especially focusing on science news and feature writing; With newspapers how to develop science feature; Improving accountability, ethical and professional standards on science journalism; Capacity building of media professionals in science journalism; T.V., radio script writing; How to develop a science program for radio, T.V.; Web-based science communication and networks; Role of media on dissemination S&T and impact of dissemination in the society; Organizing press meet/event, how to write a press release; Science popularization through folk: puppetry as tool; How to bridge the gap between science and media in the public understanding of science: infrastructural systems; How to plan and make a scientoon as a series of scientoons; Policy approach for S&T dissemination and interministerial coordination on the promotion of science journalism; Data mining, how to access sources for science information; Science journalism in Nepal: problem and prospects; International scenario of science communication: Careers and Opportunities for young science writers/ journalists/ communicators जस्ता विषयहरूमा सैद्धान्तिक तथा प्रयोगात्मक पक्षहरूको अध्ययन गराइएको थियो। सो कार्यशाला गोष्ठीमा श्रोत विशेषज्ञहरूका रुपमा डा. सनत कुमार शर्मा, सह-कार्यकारी निर्देशक, वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति; प्रा.डा. उदयराज खनाल, भौतिकशास्त्र केन्द्रीय विभाग, त्रि.वि.; डा. प्रवल राज पोखरेल, प्रमुख, रत्न राज्य क्याम्पस, त्रि.वि., जर्नालिज्म विभाग तथा भारतबाट आउनु भएका विशेषज्ञहरू डा. मनोज कुमार पटैरिया, निर्देशक, डिपार्टमेन्ट अफ साइन्स एण्ड टेक्नोलोजी, भारत सरकार; प्रदिप कुमार श्रीवास्तव, वरिष्ठ वैज्ञानिक, सेन्ट्रल ड्रग रिसर्च इन्सिटिट्यूट, लखनउ; भि.पी. सिंह, को-अर्डीनेटर, इन्डियन साइन्स कम्युनिकेसन सोसाइटी; एल.डि. काला, एसोसिएट इडिटर, इन्डियन जर्नल अफ साइन्स कम्युनिकेसन र तारिक बदर, सेक्रेटरी, इन्डियन साइन्स राइटर्स एसोसिएसन हुनुहुन्थ्यो। उक्त कार्यक्रमको समुद्घाटन समारोहको प्रमुख अतिथिको रुपमा माननीय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री डा. केशव मान शाक्यज्यू रहनु भएको थियो। समुद्घाटन समारोहमा बोल्दै माननीय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री डा. केशव मान शाक्यज्यूले विज्ञान तथा प्रविधिको क्षेत्रमा उपलब्ध ज्ञानलाई जनमानसमा प्रवाह गर्ने अहम् दायित्व पत्रकारवर्गको रहेकोले यस प्रकारका कार्यक्रमले पत्रकारहरूलाई वैज्ञानिक र आमजनमानसको बीचमा सेतुको कार्य सम्पादन गर्नमा सहयोग पुग्ने कुरा व्यक्त गर्नुभएको थियो।