
असार ७, २०७७। वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खण्डग्रास सूर्य ग्रहणलाई किर्तिपुर स्थित वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति भवन परिसरबाट प्रत्यक्ष रुपमा विशेष उपकरणको प्रयोग गरी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर जनमानसमा सूर्य ग्रहण सम्बन्धी जानकारी प्रवाह गरिएको थियो। उक्त सूर्य ग्रहण नेपाली समय अनुसार बिहान करिब १० बजेर ५३ मिनेटमा प्रारम्भ भएर दिउँसो करिब १ बजेर २४ मिनेटमा अन्त्य भएको थियो। उक्त सूर्य ग्रहणको अधिकतम ग्रहण समय १२ बजेर ४१ मिनेट रहेको थियो। काठमाडौँबाट हेर्दा सूर्यको ८६ प्रतिशत भाग ढाकिएको थियो। उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमहरूको उपस्थिति रहेको थियो साथै यस समितिद्वारा तयार पारिएको विशेष उपकरणको सहयोगबाट नेपाल टेलिभिजन, कान्तिपुर लगायत अन्य टेलिभिजनहरूले उक्त सूर्य ग्रहणको प्रत्यक्ष प्रसारण समेत गरेका थिए।