
असोज १, २०७१। तत्कालिन सम्माननीय प्रधान मन्त्री सुशील कोइरालाज्यू द्वारा राष्ट्रिय विज्ञान दिवसको अवसरमा वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको नवनिर्मित वी.पी. कोईराला राष्ट्रिय विज्ञान सङ्ग्रहालय भवनको समुद्घाटन सुसम्पन्न भयो। सो अवसरमा सम्माननीय प्रधान मन्त्रीज्यूले राष्ट्रमा वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भाव गर्नका लागि तथा विद्यार्थीवर्गहरुमा विज्ञानमा अध्ययन प्रति अभिरुचि जगाउन विज्ञान सङ्ग्रहालयले अहम भूमिका निर्वाह गर्ने र विज्ञान सङ्ग्रहालयलाई आवश्यक पर्ने साधन श्रोत विज्ञान सङ्ग्रहालयलाई उपलब्ध गराउन नेपाल सरकार तत्पर रहेको कुरा व्यक्त गर्नुभयो।उक्त समारोहमा सह-कार्यकारी निर्देशक डा. सनत कुमार शर्माले विज्ञान सङ्ग्रहालयको विभिन्न प्रदर्शनीहरुको बारेमा सम्माननीय प्रधान मन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो।