
वैशाख २८, २०७६। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री गिरिराजमणि पोखरेलज्यूद्वारा नेपालकै प्रथम राष्ट्रिय विज्ञान सङ्ग्रहालय “वी.पी. कोईराला मेमोरियल विज्ञान सङ्ग्रहालय” को समुद्घाटन सुसम्पन्न भयो। उक्त कार्यक्रम नेपालमै निर्मित फूलमाया नामक मानवसदृस रोबोटद्वारा सञ्चालन गरिएको थियो।