
असार २८, २०७०। सचिव डा. सोमलाल सुवेदीज्युले वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा नगरकोटमा स्थापित राष्ट्रिय बेधशालाको निरिक्षण भ्रमण गर्नुभएको थियो। सो अवसरमा वहाँले रात्रीमा टेलिस्कोपको सहायताबाट विभिन्न खगोलीय पिण्डहरूको अवलोकन गर्नु भएको थियो। सो अवसरमा सह-कार्यकारी निर्देशक सनत कुमार शर्माले वहाँलाई विभिन्न आकाशीय पिण्डहरूको विषयमा जानकारी गराउनु भएको थियो।