
वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति र नेपाल टेलिभिजनको संयुक्त तत्वावधनामा विगत १० बर्ष देखि “आजको विज्ञान” नामक कार्यक्रम नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ। विज्ञान र प्रविधि सँग सम्बन्धित यस कार्यक्रमले विज्ञान र प्रविधिको क्षेत्रमा भए गरेका नविनतम विज्ञान तथा प्रविधि सम्बन्धि रोचक जानकारीहरू विद्यार्थीवर्गमा गराउनका साथै विज्ञान सम्बन्धी समाचार, प्रश्न/जिज्ञासाहरूको उत्तर पनि सम्बन्धित विशेषज्ञहरूबाट दिने गरेको छ। कार्यक्रम “आजको विज्ञान” पाक्षिक रुपमा मङ्गलबार रति ९:३० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने गर्दछ साथै यस कार्यक्रमको पुन प्रसारण बुधबार बिहान ११:३० बजे हुने गर्दछ।
Link: https://www.youtube.com/channel/UC3A77qi0tFvD1EJZJy4kfvg