नगरकोटमा अवस्थित यस बेधशाला नेपालको पहिलो र एकमात्र राष्ट्रिय बेधशाला हो। सो बेधशाला समुद्री सतहबाट करिब २११५ मीटर उचाई (२७०४१"३०' N अक्षांश र ८५०३१"१२' E देशान्तर) र काठमाडौँबाट करिब ३० किलोमिटरको दुरीमा अवस्थित रहेको छ। यस राष्ट्रिय बेधशालामा १६ इन्चको मीड(Meade) LX200GPS, स्मिट् केसीग्रेइन (Schmidt-Cassegrain) अप्टिकल टेलिस्कोप जडान गरिएको छ। टेलिस्कोप बाहेक यस राष्ट्रिय बेधशालामा सी.सी.डी., लुनार फ्ल्यास टेलिस्कोप र अन्य उपकरणहरू पनि जडान गरिएका छन्। साथै यस राष्ट्रिय बेधशालामा अनुसन्धानकर्ताहरूलाई अध्ययन अनुसन्धानको क्रममा बस्नको लागि अतिथि गृहको पनि व्यवस्था रहेको छ । मुख्यतया स्नातकोत्तर तहका विद्यार्थीहरूले प्रत्येक वर्ष यस राष्ट्रिय बेधशालामा अनुसन्धान कार्यहरू गरिरहेका छन्। देशका विभिन्न भागबाट विद्यार्थीहरू नियमित रूपमा रात्रीको समयमा आकाशीय पिण्डहरूको अध्ययन अनुसन्धानका लागि बेधशाला भ्रमण गर्ने गर्दछन।
नगरकोटमा अवस्थित यस बेधशाला नेपालको पहिलो र एकमात्र राष्ट्रिय बेधशाला हो। सो बेधशाला
समुद्री सतहबाट करिब २११५ मीटर उचाई (२७०४१”३०’ N अक्षांश र ८५०३१”१२’ E देशान्तर) र
काठमाडौँबाट करिब ३० किलोमिटरको दुरीमा अवस्थित रहेको छ। यस राष्ट्रिय बेधशालामा १६ इन्चको मीड(Meade) LX200GPS, स्मिट् केसीग्रेइन (Schmidt-Cassegrain) अप्टिकल टेलिस्कोप जडान गरिएको छ। टेलिस्कोप बाहेक यस राष्ट्रिय बेधशालामा सी.सी.डी., लुनार फ्ल्यास टेलिस्कोप र अन्य उपकरणहरू पनि जडान गरिएका छन्। साथै यस राष्ट्रिय बेधशालामा अनुसन्धानकर्ताहरूलाई अध्ययन अनुसन्धानको क्रममा बस्नको लागि अतिथि गृहको पनि व्यवस्था रहेको छ । मुख्यतया स्नातकोत्तर तहका विद्यार्थीहरूले प्रत्येक वर्ष यस राष्ट्रिय बेधशालामा अनुसन्धान कार्यहरू गरिरहेका छन्। देशका विभिन्न भागबाट विद्यार्थीहरू नियमित रूपमा रात्रीको समयमा आकाशीय पिण्डहरूको अध्ययन अनुसन्धानका
लागि बेधशाला भ्रमण गर्ने गर्दछन।

Copyright © 2023 All Rights Reserved. Designed and Developed with by Theme Nepal