जनकपुर, फागुन १७-१९, २०६८। वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनकपुरधाम, धनुषामा खगोल विज्ञान, खगोल भौतिक विज्ञान तथा अन्तरिक्ष विज्ञान विषयक ३ दिवसीय क्षेत्रीय स्तरको स्कुल आयोजना गरिएको थियो। उक्त स्कुलमा उ.मा.वि. तथा स्नातक तहका शिक्षक एवम् विद्यार्थीहरू समेत कुल १५५ जनाको सहभागिता रहेको थियो। उक्त स्कुलको श्रोत विशेषज्ञहरूका रुपमा प्रा.डा. उदयराज खनाल, डा. सनत कुमार शर्मा र सरोज राज शाही रहनुभएको थियो। सो स्कुलको प्रमुख अतिथिको रुपमा वी.पी. कोईराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका सह-कार्यकारी निर्देशक डा. सनत कुमार शर्मा रहनु भएको थियो।