राष्ट्रिय स्तरमा स्थापना गरिएको नेपालकै पहिलो र एक मात्र यस विज्ञान सङ्ग्रहालय किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको परिसरमा अवस्थित रहेको छ। विज्ञान सङ्ग्रहालय भवनको समुद्घाटन समारोह तत्कालिन सम्माननीय प्रधान मन्त्री सुशील कोइरालाज्यूद्वारा २०७१ साल असोज १ गते सम्पन्न गरिएको थियो भने माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराजमणी पोखरेलज्युद्वारा २०७६ वैशाख २८ गते यस विज्ञान सङ्ग्रहालयको समुद्घाटन गरिएको थियो। सो दिन देखि यस विज्ञान सङ्ग्रहालय विभिन्न स्कुल, कलेज तथा अन्य शैक्षिक संस्था र आम जनमानसद्वारा निरन्तर रुपमा उल्लेख्य सङ्ख्यामा अवलोकन गर्ने क्रम चलिरहेको छ।

 

यस विज्ञान सङ्ग्रहालयमा विभिन्न शैक्षिक तथा अन्तर्क्रियात्मक उपकरणहरू जडान गरिएका छन्। जसले भौतिक विज्ञान, वनस्पति विज्ञान, रसायनशास्त्र, भूविज्ञान, संगीत, कला, अन्तरिक्ष विज्ञान तथा विज्ञानका अन्य विषयहरूलाई एकदमै सरल तथा रमाइलो ढङ्गले प्रस्तुत गर्दछन् । यी प्रदर्शनीहरूले सङ्ग्रहालय अवलोकन कर्ताहरूलाई “गरेर सिक्नुहोस्” अवधारणा प्रदान गर्दछन् । साथै सङ्ग्रहालय भ्रमणलाई अझ बढी रोचक तथा स्मरणीय बनाउनको निमित्त यस विज्ञान सङ्ग्रहालयमा ‘फूल माया’ नामक मानवसदृस  रोबोट र त्रि-आयामी विज्ञान चलचित्र थिएटर पनि जडान गरिएको छ।

 

रोबोटिक्स र कृत्रिम बुद्धिमत्ता:

“फूल माया” नामक एक उन्नत अन्तर्क्रियात्मक मानवसदृस रोबोट जसले व्यक्तिहरूको पहिचान गर्न सक्ने, आगन्तुकहरूलाई अभिवादन गर्ने, सेल्फीको लागि पोज दिने, प्रत्येक प्रदर्शनीतर्फ आगन्तुकहरूलाई बाटो देखाउने र व्याख्या गर्ने कार्य गर्दछ।

बिजुली र चुम्बकत्व:

  • भ्यान डी ग्राफ जेनेरेटर
  • जेकोब्स ल्याडर
  • भोल्टेज सूचकको साथ साइकल चलाएर बिजुली उत्पादन
  • विकर्षक चुम्बकहरू
  • मानव कन्डक्टर

ध्वनी र एप्लाइड मेकानिक्स:

  • साउन्ड ट्यूबहरू
  • वकिङ्ग पियानो
  • शक्तिको प्रसारण
  • बर्नोली ब्लोवर

प्रकाश, दृष्टि र अप्टिकल भ्रम:

  • के प्रकाश देखिन्छ?
  • तपाई र म एक हौँ
  • अनन्त प्रतिबिम्ब ऐना
  • रंगीन छाया
  • इन्द्रेणीको भित्ता
  • म्याजिक मिरर्स
  • ब्रोकन इमेज
  • बम्प्स र डिप्रेशनहरू
  • क्यालिडोस्कोपिक दर्शक
  • स्ट्रोबोस्कोप
  • प्लेटमा मानिसको टाउको
  • मानव प्रतिक्रिया नाप्ने यन्त्र

भौगोलिक प्रतिरुप:

  • टेक्टोनिक प्लेट्स
  • ज्वालामुखी विष्फोटन
  • वायुमण्डलका विभिन्न तहहरू
  • पृथ्वीको भुचुम्बकीय रेखा, अक्षीय झुकाव र आधारभूत भौगोलिक  निर्देशाङ्क  प्रणाली
  • नेपालको भौगोलिक स्थालाकृति
  • चन्द्रमाको त्रि-आयामी मोडेल

कला र शिल्प कौशल:

  • धातु कला
  • प्रस्तर कला
  • काष्ठ कला
  • थान्का

मानव विकास क्रमको विभिन्न चरणहरू:

  • प्रोप्लिओपिथेकस
  • प्रोकन्सल
  • ड्रायोपिथेकस
  • ओरियोपिथेकस
  • रामापिथेकस
  • अस्ट्रलोपिथेकस
  • प्यारान्थ्रोपस
  • होमो-इरेक्टस
  • नियान्डरथल्स
  • क्रो-म्यागनन् म्यान

वनस्पति विज्ञान कक्ष

  • नेपालमा सामान्यरूपमा पाइने जडिबुटी र बोटबिरुवाहरू
  • बोटबिरुवाहरूमा लाग्ने विभिन्न रोगका नमूनाहरू
  • विभिन्न प्रकारका बोटबिरुवाहरूको वर्गीकरणका नमुनाहरू
  • बिरुवाहरूको विभिन्न वर्गको जानकारीमूलक फोटो फ्रेमहरू
  • नेपालमा सामान्यतया पाइने खाद्य तथा विषालु च्याउका नमूनाहरू
  • च्याउको विशाल प्रतिरुप

पृथ्वी र अन्तरिक्ष प्रबिधि:

  • खगोलीय टेलिस्कोप
  • सूर्य, चन्द्र, पृथ्वी र राशीहरू
  • खगोलीय दूरबीन

चिकित्सा विज्ञान:

  • मानव अस्थीपन्जर
  • मानव शरीर संरचना
  • मानव हृदय
  • मानव फोक्सो
  • मानव मस्तिष्क

यस त्रि-आयामी विज्ञान चलचित्र थिएटरमा त्रि-आयामी चलचित्र प्रदर्शनका निमित्त सम्पूर्ण उपकरणहरू जडान गरिएको छ। यहाँ उपलब्ध भएका चलचित्रहरू मध्ये दर्शकहरूले आफ्नो रोजाई अनुसार कुनै पनि चलचित्र हेर्न पाउने छन् ।

1. Journey to space (41mins) nepali


Journey to Space 3D is an inspiring reflection on the remarkable achievements of NASA’s Space Shuttle program, including the assembly and launch of the International Space Station and the deployment of the Hubble Space Telescope. Missions like these have taught us how to live, build, and conduct science in space and helped to build the foundation for future space exploration. The film also features a fascinating showcase of the exciting plans that are underway for the next giant leap into space: landing humans on Mars.

2. Planet power (40mins)


PLANET POWER explores the history of electricity – from the first spark created by man’s hand to today’s industrial power plants. We meet scientists who changed the world, like Faraday, Franklin, and Tesla and we glimpse the future, as Solar Impulse becomes the first plane to complete a round-the-world flight powered only by the sun. With a mix of chalk animation, CGI, archival footage and spectacular aerials, the film also explores the challenges ahead: how to meet the growing energy needs of our industrialized world, while also protecting the health of our planet.

3. Space junk (37mins)


After 50 years of launching our dreams into space, we’re left with a troubling legacy: a growing ring of orbiting debris that casts a shadow over the future of space exploration. SPACE JUNK 3D is a visually explosive, sensory expanding voyage into our now-threatened Final Frontier. Experience mindboggling collisions, both natural and manmade. Soar from the stunning depths of Meteor Crater to an unprecedented view of our increasingly crowded orbits — 22,000 miles above Earth. Join us as the foremost expert, also known as the “Father of Space Junk,” guides us through the challenges we face in protecting them, forging a new age of space discovery.

test

Perceive the technicality of Arts and Crafts.
• Metal Art
• Stone Art
• Wooden Art
• Thanka Paintings

test

Perceive the technicality of Arts and Crafts.
• Metal Art
• Stone Art
• Wooden Art
• Thanka Paintings

test

Perceive the technicality of Arts and Crafts.
• Metal Art
• Stone Art
• Wooden Art
• Thanka Paintings

test

Perceive the technicality of Arts and Crafts.
• Metal Art
• Stone Art
• Wooden Art
• Thanka Paintings

test

Perceive the technicality of Arts and Crafts.
• Metal Art
• Stone Art
• Wooden Art
• Thanka Paintings

test

Perceive the technicality of Arts and Crafts.
• Metal Art
• Stone Art
• Wooden Art
• Thanka Paintings

test

Perceive the technicality of Arts and Crafts.
• Metal Art
• Stone Art
• Wooden Art
• Thanka Paintings

वाटर ड्रपलेट मुभमेन्ट

ह्यान्ड ब्याट्री

नेल्स ब्रिज

लेजर हार्प

रिफ्लेक्स गेम

मिरर क्युब

डान्सर

ह्यान्ड-आइ कोओर्डीनेशन

क्यु मार्चिङ्ग

फ्लाइङ्ग बर्ड इन द केज

इन्फ्रारेड भास्कुलर इमेजर

साउन्ड स्ट्यान्डीङ्ग वेभ

डिस्अपियर्ड पिक्चर

भेरिइङ्ग ल्याण्डइस्केप

ग्रानटिङ्ग एनिमेसन

रेजनांट रिङ्ग

रोटेटिङ्ग मेटल एग

पोइन्ट डिसचार्ज

र्याम्प रेस

म्युजिक टेस्ला

इलेक्ट्रोम्यागनेटिक एक्सलरेटर

पियरिङ्ग इन इन्डलेस्ली

म्याग्नेटिक ड्याम्पिङ्ग

म्याजिक बक्स

राउन्ड अर डाइमन्ड

ड्र अ स्ट्रेट लाइन

टर्न आउट द प्याटर्न

डानसिङ्ग क्लिप

बोन कन्डक्सन

रोटेशन ब्यालेन्सर

वन्डरफुल लेटर्स

एयर इमेजिङ्ग

रिएक्शन टेस्ट

बर्नोली सक्सन कप

कोरिओलिस फोर्स

पुल योरसेल्फ

ब्यालेन्स टेस्ट

हाइपरबोलिक कर्भड़ ग्रुव

ड्र अ स्टार

कार व्यीन्डो

अटोमोटिव डिफरेन्सिअल

अटोमोटिव वाईपर

अटोमोबिल क्लच

कार स्टीयरिङ्ग गियर

कन्सटान्ट भेलोसिटी युनिवर्सल जोइन्ट

द अप्वार्ड रोलिङ्ग अफ द कोन

अटोमेटिक ट्रान्समिसन

ओबिडीयन्ट बल

साइन्टिफिक पर्फोमेन्स

डोर हेड

डोम थिएटर

रोबट पर्फोमेन्स

थ्री डि प्रिन्टर

भी आर ग्लास

द ट्राभल अफ स्मल बल्स

प्रवेश शुल्क

कोटि विज्ञान संग्रहालय थ्रीडी साइन्स थिएटर
नेपाली (विद्यार्थी प्रवेश) रु.५० रु.१५०
नेपाली (सामान्य प्रवेश) रु.७५ रु.२००
SAARC नागरिक रु.१०० रु.३००
अन्य विदेशी नागरिक रु.२०० रु.५००

५ बर्ष भन्दा मुनिका बालबालिका र फरक क्षमत भएका मानिसहरूका लागि सङ्ग्रहालय प्रवेश नि:शुल्क रहेको छ।

दिशानिर्देशहरू

सङ्ग्रहालय अवलोकनको क्रममा हाम्रा तालिमप्राप्त कर्मचारीहरू तपाईहरूको सहयोगका लागि सदैव तत्पर रहेको पाउनु हुनेछ ।

विज्ञान सङ्ग्रहालयको सुरक्षित तथा आनन्दायी अवलोकनका लागि निम्न कार्यहरू गर्नुहुन अनुरोध छ।

  • आफ्नो व्यक्तिगत सामग्रीहरू जथाभावी नछोड्नुहोस्।
  • तोकिएको स्थानमा मात्र खाने तथा पिउने कार्य गर्नुहोस्।
  • विज्ञान सङ्ग्रहालय धुम्रपान निषेधित स्थान रहेको हुँदा धुम्रपान कडा रुपमा निषेधित गरिएको छ।
  • विज्ञान सङ्ग्रहालयका उपकरणहरूलाई कर्मचारीहरूको अनुमति बिना जथाभावी नचलाउनुहोस् र उपकरणहरू सञ्चालनमा ल्याउँदा जतन पुर्वक सञ्चालन गरिदिनुहोस्।
  • अवलोकनको क्रममा सुरक्षा गार्ड तथा विज्ञान सङ्ग्रहालयका कर्मचारीहरूको सुझावलाई मान्नुहोस्, उनीहरूको निर्देशन बमोजिम कार्य गर्नुहोस्।

सङ्ग्रहालय अवलोकन गर्ने क्रममा तपाई सी.सी.टि.भी. को निगरानीमा रहनुहुने कुराको सदैव ख्याल गर्नुहोस्।

सङ्ग्रहालय प्रवेश गर्ने क्रममा यदि तपाईसँग कुनै सङ्ग्रहालयमा या अन्य अवलोकन कर्ताहरूमा नकारात्मक असर पार्न सक्ने वस्तु फेला परेमा उक्त वस्तु प्रवेश द्वारमै राखिनेछ। गैर कानुनी सामग्री पाईएमा तुरुन्त प्रहरीलाई सम्पर्क गरिने छ।

व्यक्तिगत प्रयोजनको लागि तपाईले सङ्ग्रहालय भित्र आफ्नो क्यामेराको प्रयोग गर्न पाउनु हुनेछ तर व्यवसायिक प्रयोजनको लागि सङ्ग्रहालय समितिद्वारा अनुमति प्राप्त भइसकेपछि मात्र क्यामेराको प्रयोग गर्न पाउनु हुनेछ।

सङ्ग्रहालय परिसरमा सवारी साधन पर्किङ्गको पर्याप्त व्यवस्था भएतापनि आफ्नो सवारी साधनको सुरक्षाको जिम्मा तपाईको नै हुनेछ।